वीरगन्जमा कर्फ्यु हट्यो, दंगाग्रस्त क्षेत्र कायमै

246 पटक पढिएको

२ आश्विन २०८२, बिहीबार १९:५८ सम्पादक: धादिङ न्यूज

पर्सा । वीरगन्जमा लगाइएको कर्फ्यु हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ९ देखि बिहान ५ सम्म लगाइएको कर्फ्यु आदेश हटाएको हो ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितीको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम दंगाग्रस्त क्षेत्रको घोषणा भने अर्को सूचना नभएसम्मका लागि कायम राखिएको छ ।

प्रमुख जिल्ला अधिकारीले अर्को आदेश नभएसम्मका लागि घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय पर्सा र सोको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा कायम राखेका छन् ।