संविधान दिवसमा धादिङबेसीमा एमालेको बृहत् र्‍याली

305 पटक पढिएको

३ आश्विन २०८२, शुक्रबार १७:५२ सम्पादक: धादिङ न्यूज

धादिङ, असोज ३ । संविधान दिवसको अवसर पारेर नेकपा एमाले धादिङले शुक्रबार धादिङबेसीमा बृहत् र्‍याली र कोणसभाको आयोजना गरेको छ।

जेन–जी आन्दोलनपछिको परिवर्तनशील राजनीतिक अवस्थाबीच संगठनात्मक एकता र जनआकर्षण पुनःस्थापित गर्ने उद्देश्यसहित निकालिएको र्‍याली धादिङबेसी पुछारबजार पुल्चोकबाट सुरु भई सिरानबजार  हुँदै दहीचौतारामा आएर कोणसभामा परिणत भएको हो।

कोणसभालाई नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले सम्बोधन गर्दै संविधानको रक्षा, नागरिक सर्वोच्चता र लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन पार्टी प्रतिबद्ध रहेको बताउनु भयो । यसै गरी  कठिन अवस्था संग जुध्दै पहिलेको भन्दा शशक्त पार्टी निर्माण गर्न एमाले तयार रहेको,   जेन्जी आन्दोलनका नाममा भएका हिंसा, आगजनी र विध्वंसमा संलग्न भएकाहरुलाई कारवाही गर्नुपर्ने आवाज उठाउनु भयो ।

र्‍याली तथा सभामा एमालेका केन्द्रीय सल्लाहकार सदस्य जगन्नाथ नेपाल, रामप्रसाद अधिकारी, केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिंखडा , अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव कृष्णप्रसाद अर्याल,पूर्व मन्त्री डा.रामकुमार अधिकारी,संविधान सभा सदस्य धनबहादुर घले,वागमती प्रदेश कमिटीका सचिवालय सदस्य रमेश आचार्यका साथै प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु,पार्टीका स्थानीय तहका अध्यक्ष तथा नेताहरु, जनवर्गीय संगठनका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो।

एमालेभित्र देखिएका गुटगत गतिविधि, आलोचनात्मक स्वर र संगठनात्मक कमजोरीबीच संविधान दिवसको दिन गरिएको प्रदर्शनले पार्टी एकताबद्ध भएर अघि बढ्न मद्दत गरेको नेताहरुको धारणा छ।