रामेछापमा ४ म्याग्निच्यूडको भूकम्प धक्का

429 पटक पढिएको

१० आश्विन २०८२, शुक्रबार १७:२४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । रामेछापको भटौली आसपास केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर १४ मिनेटमा आएको भूकम्पको तीव्रता ४ म्याग्निच्यूड मापन गरिएको हो ।

यसअघि असोज १ गते पूर्वी रुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।