गल्छीकी पार्वतीको उपचार सहयोगको लागि परिवारको अपिल
358 पटक पढिएको
धादिङ । गल्छी गाउँपालिका–७, बाईसकिलाकी ३५ वर्षीया पार्वती विश्वकर्मा हाल काठमाडौंस्थित ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत छिन् ।
केही दिनअघि उच्च रक्तचाप (ब्लड प्रेसर) को कारण मस्तिष्कको नसामा समस्या आएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो । डाक्टरको भनाइअनुसार आगामी ८–१० दिनभित्र टाउकोको शल्यक्रिया (अप्रेशन) गर्नुपर्नेछ, जसका लागि करिब १५ देखि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले यस्तो ठूलो रकम जोहो गर्न असमर्थ रहेको पार्वती विश्वकर्माकी परिवारले बताएको छ । उहाँका भाइ विशाल विश्वकर्माले देश–विदेशमा रहेका सहयोगी दाताहरूसँग सहयोगको अपिल गर्दै, सहयोग गर्न चाहनेहरूले आफूलाई ९८०८२०१४१० मा सम्पर्क गर्न सक्ने जानकारी दिनुभएको छ ।
–







