रिभल्वरसहित बिजय तामाङ पक्राउ

416 पटक पढिएको

१० आश्विन २०८२, शुक्रबार १८:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँ बस्ती बस्ने काभ्रे बनेपा घर भएका २१ वर्षीय बिजय तामाङलाई रिभल्वर १ थान र बिनेट १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्वर फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।