जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

276 पटक पढिएको

१३ आश्विन २०८२, सोमबार २०:०८ सम्पादक: धादिङ न्यूज

मकवानपुर । मनहरी गाउँपालिका-८ सिमपानी बस्ने  ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदर्शन समेत ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार २ सय ५० रूपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।