करिब २७५ किलोग्राम गाँजासहित धरानबाट एक जना पक्राउ

248 पटक पढिएको

१३ आश्विन २०८२, सोमबार २०:१० सम्पादक: धादिङ न्यूज

सुनसरी । धरान उपमहानगरपालिका-४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय बिबसन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरीले गाँजा ल्याउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा बोरा फाली भागे पश्चात  उनीहरू मध्ये बिबसनलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।