नेपाल वेस्ट इन्डिजविरुद्धको अन्तिम खेलमा पराजित

201 पटक पढिएको

१५ आश्विन २०८२, बुधबार ०६:५६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । वेस्ट इन्डिजले युनिटी कपको अन्तिम खेल जितेको छ ।

नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.५ ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो ।

योसँगै नेपालले युनिटी टी-२० सिरिज २-१ ले जितेको छ ।