रामकोट दरबार परिसरमा रहेको राम शाहको शालिक तोडफोड
348 पटक पढिएको
धादिङ । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको रामकोट दरबार परिसरमा निर्माण गरिएको राम शाहको शालिक तोडफोड गरिएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका–८, मगरगाउँस्थित टाकुरामा समुद्री सतहबाट करिब १,०३० मिटर उचाइमा रहेको रामकोट दरबार पुनर्निर्माण अभियान अन्तर्गत केही समयअघि शालिक स्थापना गरिएको थियो । बुधबार अज्ञात समूहले शालिक तोडफोड गरी क्षति पु¥याएको वडाअध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल सरकारको पुरातत्व विभागले सो दरबार क्षेत्रमा करिब ५०० वर्ष पुराना संरचना रहेको प्रमाणित गर्दै संरक्षणका लागि वडालाई अनुरोध गरेपछि पहिलो चरणमा राम शाहको शालिक निर्माण गरिएको थियो ।







