यी नदीमा सतर्कता तह पार, साँझ र राति जोखिम थप बढ्ने
251 पटक पढिएको
काठमाडौँ, १८ असोज ।बाढी पूर्वानुमान महाशाखाले काभ्रे–रोसी, मनोहरा–काठमाडौँ, बागमती–काठमाडौँ र लालबकैया–मकवानपुरमा जलसतह सतर्कता तह माथि पुगेको र अझै बढ्दो क्रममा रहेको जनाएको छ।
महाशाखाका अनुसार बागमती र मधेश प्रदेश हुँदै बग्ने अधिकांश नदी–नालाहरू पनि सतर्कता तह नजिक पुगेका छन्। आज साँझ र राति ती क्षेत्रमा बाढीको जोखिम थप बढ्ने सम्भावना रहेको चेतावनी महाशाखाले दिएको छ।
शनिबारको मापन अनुसार मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ भने कोशी प्रदेशका धेरैजसो जिल्लाहरूमा पनि हल्का वर्षा रेकर्ड गरिएको छ।
महाशाखाले विशेषगरी सतर्कता तह नाघेका नदी किनारका बस्तीहरूमा उच्च सावधानी अपनाउन र सम्भावित जोखिमका क्षेत्रमा सतर्क रहन सबैलाई आग्रह गरेको छ।







