टी–२० विश्वकप छनोट तयारी पहिलो अभ्यास खेलमा ओमानमाथि नेपालको सहज जित
287 पटक पढिएको
काठमाडौं । टी–२० विश्वकप छनोट तयारीका लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको छ।
पहिला ब्याटिङ गरेको ओमान ११० रनमा समेटिएको थियो। नेपालले १११ रनको लक्ष्य १७ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हात पारेको हो।
नेपालका लागि ओपनर आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट हात पारे।
नेपालले अर्को अभ्यास खेल सोमबार कतारसँग खेल्नेछ।
८ अक्टोबरदेखि सुरु हुने छनोट प्रतियोगितामा तीन समूहका नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपालको समूहमा जापान र कुवेत रहेका छन्।
हरेक समूहबाट दुई उत्कृष्ट टोली सुपर सिक्समा पुग्नेछ भने सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्ने तीन टोलीले विश्वकपमा स्थान बनाउन सक्नेछन्।







