नेपाली बजारमा सुनको भाउ बढेको बढ्यै

173 पटक पढिएको

२० आश्विन २०८२, सोमबार ११:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २५ सयले बढेर तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको २ लाख ३० हजार ६ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २९६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २९३० मा कारोबार भएको थियो ।