मनसुन बुधवारदेखि बाहिरिने, धान भित्र्याउन सहज हुने
269 पटक पढिएको
काठमाडौँ । बुधवारदेखि नेपालबाट मनसुन बाहिरिने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताएका छन् । उनका अनुसार मनसुनपछि पश्चिमी वायुको ठूला प्रभाव नदेखिएकाले अब ठूलो वर्षा नहुने र धान भित्र्याउन कुनै बाधा नपर्ने उप्रेतीले अगामी बुधवारदेखि नेपालबाट मनसुन बाहिरिने उल्लेख गर्दै त्यसपछि धानबाली भित्र्याउन कुनै बाधा नपर्ने पनि बताए ।
गत शुक्रवार र शनिवारको अविरल वर्षाले देशभर जनधनको क्षति पु¥याए पनि पूर्वसूचना प्रणाली कमजोर भएकाले क्षति नियन्त्रण गर्न कठिन भएको विज्ञहरूको निष्कर्ष छ ।
डा. उप्रेतीले हानि–नोक्सानीको ठोस तथ्याङ्क नहुँदा नेपालले अन्तर्राष्ट्रिय क्षतिपूर्ति कोषबाट लाभ लिन नसकेको बताउँदै आर्थिकसहित गैरआर्थिक क्षतिको दस्तावेजीकरण गर्न राज्यले प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।







