धादिङमा बढी भाडा लिनेबसमाथि कारबाही, यात्रुलाई उजुरी गर्न आग्रह
468 पटक पढिएको
धादिङ । तोकिएको भन्दा बढी भाडा लिने सार्वजनिक सवारीमाथि जिल्ला प्रशासन कार्यालय धादिङले कारबाही सुरू गरेको छ । सोमबार धादिङ -काठमाडौँ रुटमा चल्ने ग्रामीण यातायात प्रालिको बा ५ ख ८४४२ नम्बरको मिनिबसले गल्छीबाट यात्रुसँग प्रति व्यक्ति ३०० रुपैयाँ मागेपछि प्रहरीले बस नियन्त्रणमा लिएर कारवाही गरिएको जनाएको छ ।
गल्छीबाट चढेका हरेक यात्रुसंग ३०० रुपैयाँ भाडा मागेपछि सो बसका बारेमा सामाजिक सञ्जालमा लेखिएको थियो । सामाजिक सञ्जालमा बसको तस्बिर सहित हल्लाखल्ला शुरु भएपछि प्रशासनले तत्काल प्रहरीलाई बस नियन्त्रणमा लिई आरोपको अनुसन्धान गरी दोषि देखिए कारवाही गर्न निर्देशन दिएको थियो । यात्रुको उजुरीपछि प्रहरीले बसलाई बैरेनीमा रोक्दै चालकलाई जरिवाना र समितिलाई सचेत गराएको प्रशासनले जनाएको छ । प्रशासनले यात्रुलाई तोकिएको भन्दा बढी भाडा लिने सवारीबारे तुरुन्त जानकारी दिन सामाजिक सञ्जालमार्फत आग्रह गरेको छ ।
बढी भाडा लिएको पाईएमा निम्न नम्बरमा तुरुन्तै सम्पर्क गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।
सम्पर्कका लागि:
सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपाने – ☎️ ९८५११९६१३१
प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल – ☎️ ९८५१२२९८६०
ट्राफिक प्रहरी निरीक्षक सुरज श्रेष्ठ – ☎️ ९८५१३२२५६४
प्रशासनले जनताको उजुरीका आधारमा तत्काल कारबाही भइरहेको र सबै यात्रुलाई ठगीविरुद्ध सजग रहन अपिल गरेको छ ।







