पश्चिमी वायुको प्रभाव कमजोर हुँदै, देशभर आंशिक बदली र हल्का वर्षाको सम्भावना
194 पटक पढिएको
काठमाडौँ, २३ असोज ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी भूभागमा मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ। देशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहने सम्भावना छ। ती प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।







