सल्यानटारमा ५५ वर्षीय वृद्ध झुन्डिएको अवस्थामा फेला
168 पटक पढिएको
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा एक जना वृद्ध झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। दिउँसो करिब १:४५ बजे काप्राको रुखको एउटा हाँगामा झुन्डिएको अवस्थामा ती वृद्ध फेला परेको इलाका प्रहरी कार्यालय सल्यानटार, धादिङले जानकारी दिएको छ।
मृत फेला पर्ने व्यक्ति सोही स्थानका ५५ वर्षीय बलबहादुर पाण्डे (चन्द्र बहादुर ) रहेका प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







