यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा समाप्त, मौसम सफा रहने विभागको पूर्वानुमान
252 पटक पढिएको
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज २४ गते शुक्रबारदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट औपचारिक रूपमा समाप्त भएको जनाएको छ।
विभागका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखिए पनि देशका बाँकी अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहेको छ।
दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने भए पनि देशका अन्य भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।







