एमालेको दोस्रो दिनको बैठक शुरु, केन्द्रीय सदस्यले धारणा राख्दै

209 पटक पढिएको

३० आश्विन २०८२, बिहीबार १०:२२ सम्पादक: धादिङ न्यूज

 

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन बिहीबारबाट सुरु भएको छ । आजको बैठकमा समेत अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार पहिलो दिनको बैठकमा करिब ३६० सदस्यमध्ये ५० जनाले आफ्ना विचार प्रस्तुत गरेका थिए । बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटसम्म बोल्ने समय दिइएको छ । निर्धारित समयभन्दा बढी धारणा राख्नुपर्ने भएमा लिखित रुपमा बुझाउन भनिएको छ ।

बैठकमा पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र आगामी महाधिवेशन तयारीसम्बन्धी छलफल भइरहेको छ । एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरिएको छ ।

सो बैठक शुक्रबार सकिनेछ ।