आगामी २४ घण्टाको मौसम कस्तो रहनेछ ?

191 पटक पढिएको

४ कार्तिक २०८२, मंगलवार ०६:४५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोसी र कर्णाली प्रदेशका एक/दुई स्थानमा आज वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।