ठोक्किएका सवारी पन्छाएपछि खुल्यो पृथ्वीराजमार्ग
286 पटक पढिएको
धादिङ- धादिङको धुनीवेशी नगरपालिका–६ चालिसे स्थित पृथ्वी राजमार्गमा ठोक्किएर अवरुद्ध बनेका सातवटा सवारी साधन हटाएपछि राजमार्ग खुलेको छ। ठोक्किएर क्षतिग्रस्त भएका सवारीलाई सडकबाट पन्छाएपछि दुवै तर्फको यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो करिब सवा चार बजे चालिसे क्षेत्रमा एकपछि अर्को गरी सात वटा सवारी ठोक्किँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको डिब्बा कन्टेनरको ब्रेक फेल भएर सुरुमा स्कुल बसमा ठोक्किन पुगेको थियो । त्यस पछि अन्य बस, ट्रक र मोटरसाइकल पनि एकै ठोक्किँदै गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चार वटा बस, एक ट्रक, एक मोटरसाइकल र कन्टेनर गरी सातवटा सवारी परेका छन्। ठोक्किएका सवारी सडकमै अड्किएको कारण केहीबेर दुवै तर्फको यातायात ठप्प भएको थियो।
घटनास्थलमा पुगेको प्रहरीले डोजर र स्थानीयको सहयोगमा सवारी हटाएपछि राजमार्ग फेरि सुचारु भएको जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेकाले काठमाडौं पठाइएको छ। अन्य घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थाहरूमा भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण
१) बा १ प ९१७ नं. बस (गोरखा → काठमाडौं) का घाइते
- बिनोद पोकरेल, ५१, पालुङटार–४, गोरखा – निधारमा चोट, मध्यम (काठमाडौँ पठाइयो) – ९८४०१५७०७१
- मिना पनेरु, ३३, पालुङटार–३ – निधार, दायाँ हात र खुट्टा, मध्यम (काठमाडौँ)
- इन्द्र कुमारी देवकोटा, ६९, पालुङटार–१ – निधारमा चोट, मध्यम (काठमाडौँ)
- सिता गजुरेल, ६५ वर्ष, पुरानो गुजेश्वरी, काठमाडौं – निधारमा चोट, मध्यम – ९८४१४२७८६५
- अजय घिमिरे, ४० वर्ष, राईनिस–१, लम्जुङ – च्यापुमा चोट, सामान्य (सायबाबा अस्पताल → काठमाडौँ)
- सुर्य घिमिरे, ४० वर्ष– आँखा माथि सामान्य चोट (डिस्चार्ज)
- कुशल घिमिरे, १५ वर्ष– आँखा मुनि सामान्य चोट (डिस्चार्ज)
२) बा.प्र.०६–००१ ग ००११ स्कुल बस (काठमाडौं → चितवन) का घाइते
- उदय बहादुर थापा, ४२ वर्ष, कालिका–६, चितवन – दायाँ खुट्टामा चोट, सामान्य – ९८४९०९९९८२
- सुवित थिङ, १६ वर्ष– सामान्य (डिस्चार्ज)
- कबिता सिँङ, १५ वर्ष– टाउकोमा १० टाँका, खुट्टामा सामान्य चोट (उपचार हुँदै)
- यमवि श्रेष्ठ, १६ वर्ष – निधारमा १० टाँका
- रमित परियार, १५ वर्ष – दाहिने आँखामाथि १४ टाँका
- समिर मगर, १६ वर्ष– टाउको तथा ढाडमा सामान्य चोट
- इस्माईल थिङ, १५ वर्ष– आँखातर्फ र दायाँ हातमा चोट
- कमला लामिछाने, ३२ वर्ष – दायाँ खुट्टामा सामान्य चोट
- सचिन गुरुङ, १३ वर्ष – छातिमा भित्री चोट
- शिव लामिछाने, २३ वर्ष– दुवै खुट्टामा भित्री चोट
- आस्विन प्रजा, १६ वर्ष – टाउकोमा चोट, मध्यम (ट्रमा सेन्टर)
- राधिका चेपाङ, १६ वर्व– खुट्टामा चोट
- मिलन तामाङ, १६ वर्ष– सामान्य (डिस्चार्ज) – ९७६१११०४००
- कशिस तामाङ, ७ वर्ष– घाटिमा चोट
- सन्तोष प्रजा, १८ वर्ष – बाँया हात र टाउकोमा चोट
- बिराज तामाङ, १५ वर्ष– घाटिमा सामान्य चोट
- जयराम अर्याल, १२ वर्ष– टाउकोमा सामान्य चोट
- निशान गुरुङ, १७ वर्ष – टाउको तथा अनुहारमा चोट
- समिर परियार, १६ वर्ष– नाकमा चोट
- जसमिन श्रेष्ठ, १६ वर्ष – बाँया कोखामा चोट
- कमल गुरा, २० वर्ष– टाउको सुन्निएको
- रविना सुनार, १६ वर्ष – बाँया हातमा चोट
- प्रतिमा मगर, १८वर्ष, ईच्छाकामना–७ – दायाँ खुट्टा दुखाइ
- आयुब बी.के., १४ वर्ष– दुवै हातमा चोट
- बिमला तामाङ, १५वर्ष – दायाँ खुट्टा र बाँया हातमा चोट
३) अन्य सवारीका घाइते
- सेख खलि, ५९ वर्ष, थाक्रे–६, धादिङ – मोटरसाइकल चालक, शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर (टिचिङ अस्पताल)
- डिब्बा गाडी NL01AB4654 चालक, करिब ३०–३५ वर्ष – खुट्टा र घाँटीमा गम्भीर चोट (ट्रमा सेन्टर)
- राजु कार्की, ४४ वर्ष , पालुङटार–३, गोरखा – ग १ ख ८५५१ बस चालक, हातमा सामान्य चोट (डिस्चार्ज







