काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
257 पटक पढिएको
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ११ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको सन्दर्भमा आकस्मिक रूपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।
बैठकमा विशेष महाधिवेशनसँग सम्बन्धित समसामयिक राजनीतिक विषयवस्तु र पार्टीको आन्तरिक अवस्थाबारे छलफल हुने जनाइएको छ ।







