नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा,धादिङबाट रमेश धमला बने केन्द्रिय सदस्य
293 पटक पढिएको
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ। संस्थापन पक्षको असहमतिका बीच काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनमा सहमतिको प्रयास असफल भएपछि गएराति निर्वाचनमार्फत नयाँ कार्यसमिति घोषणा गरिएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्।
सहमहामन्त्रीमा डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित भएका छन्।
खुला तर्फ ३५ केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा. केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह निर्वाचित भएका छन्।
महिला खुला केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित भएका छन्।
प्रदेशगत रूपमा कोशी प्रदेशबाट शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेशबाट मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली, बागमतीबाट उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन भएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट समेत तोकिएका कोटाअनुसार केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
त्यसैगरी अपाङ्गता, दलित, अल्पसङ्ख्यक, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारू तथा पिछडिएको क्षेत्रका विभिन्न समूहतर्फ केन्द्रीय सदस्यहरू निर्वाचनमार्फत चयन गरिएको निर्वाचन समितिले जनाएको छ।







