नेपाली कांग्रेसमा देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध संघर्षमा उत्रिने
306 पटक पढिएको
काठमाण्डौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएको निर्णयको विरोध गर्दै नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह कानुनी र राजनीतिक संघर्षको तयारीमा छ।
पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आयोगले वैधता दिएपछि देउवा समूहका शीर्ष नेताहरुले शुक्रबार राति महाराजगञ्जमा बैठक गरी देशभर आन्दोलन गर्ने र अदालत जाने निर्णय गरेका छन्।
देउवा पक्षले आफ्नो रणनीति अनुसार शनिबारदेखि सडक आन्दोलन सुरु गर्ने र आइतबार अदालत जाने तयारी गरेको छ। तर, थापा नेतृत्वको कार्यसमितिलाई आयोगले आधिकारिकता दिएको कारण देउवा समूह कांग्रेसमा फर्किन नचाहने रणनीतिमा पुगेको बुझिएको छ।
देउवा पक्षले पार्टीको विधान र संविधान विपरीत निर्णय भएको प्रतिकृया दिंदै उनीहरूले देशभरि आन्दोलन गर्नेबाहेक विकल्प नहुने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगको निर्णय मत विभाजन मार्फत थापा नेतृत्वको पक्षमा गएको शुक्रबार, जसले विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको कार्यसमितिलाई आधिकारिकता दिएको हो।
निर्वाचन आयोगका तीन जना आयुक्तले मत विभाजनमार्फत निर्णय लिएका थिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सुमन शम्शेर राणा थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै कांग्रेसको कार्यसमिति अद्यावधिको पक्षमा उभिएका थिए भने आयुक्त जानकी तुलाधर विपक्षमा उभिएकी थिइन्। बहुमत मार्फत थापा नेतृत्वको कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिता पाएको हो।







