धादिङमा श्रम संस्कृति पार्टीको प्रतिनिधि सभा उम्मेदवार घोषणा

449 पटक पढिएको

४ माघ २०८२, आईतवार १४:२८ सम्पादक: धादिङ न्यूज

धादिङ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले धादिङ जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ। पार्टीले आईतबार धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूलाई सार्वजनिक गरेको हो।

पार्टीले धादिङ क्षेत्र नं. १ बाट प्रलाद सिलवाल र धादिङ क्षेत्र नं. २ बाट टासी लामा तामाङ लाई उम्मेदवारीका  चयन गरिएको जनाएको छ ।

उम्मेदवार घोषणा गर्दै  श्रम संस्कृति पार्टीका जिल्ला नेताहरुले  पत्रकार सम्मेलनमा भने, “श्रम संस्कृति पार्टीले स्थानीय विकास, जनसरोकार र पारदर्शिता सुनिश्चित गर्दै धादिङवासीको सेवामा समर्पित भएर काम गर्ने उद्देश्य राखेको छ। हाम्रो उम्मेदवारहरूले यही दृष्टिकोणलाई अगाडि बढाउनेछन्।”

पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय भूमिका खेल्ने तयारी गरिरहेको छ। यससँगै धादिङमा राजनीतिक प्रतिस्पर्धा अझै तातो हुँदै गएको छ।

श्रम संस्कृति पार्टीले परम्परागत दलहरूबीचको प्रतिस्पर्धामा नयाँ विकल्पका रूपमा आफुलाई प्रस्तुत गरेको छ, जसले मतदातामा प्रभाव पार्ने सम्भावना रहेको छ।