काठमाडौँ ,बैशाख १४। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, देशको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि देखिएको छ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली र पहाडी भू-भागमा सामान्यतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने सम्भावना छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो बढ्ने (गर्मी हुने) सम्भावना रहेको छ।
देशका हिमाली भू-भागमा सामान्य बदली तथा पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।