बारुदी सुरुङ प्रतिबन्ध राष्ट्रिय अभियानद्धारा वक्तृत्वकला प्रतियोगिता

545 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷बारुदी सुरुङ प्रतिबन्ध राष्ट्रिय अभियानद्धारा सञ्चालन गरिएको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा शुक्रवार मुरलीभञ्ज्याङ गाविसको पाल्पासामरी भन्ज्याङमा सम्पन्न भएको छ । महिलाहरुलाई शान्ति सुरक्षा दिलाउनको लागि प्रत्येक विद्यालयहरुबाट शान्ति सुरक्षाको ब्यबस्था गर्नु पर्ने उद्धेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रतियोगितामा पाल्पा सामरी भन्ज्याङ माविका छात्रा भगवती लम्साल प्रथम, देउराली मावि ससाहका छात्रा रुपा श्रेष्ठ द्धितिय, देउराली मावि ससाहका छात्र उमेश कोइराला तृतिय र पाल्पा सामरी भन्ज्याङ माविका छात्रा निसानी रेग्मी सान्त्वना भएका छन् । प्रतियोगितामा विजयी भएका प्रतियोगिहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।