466 पटक पढिएको
गणेश हिमालको काखमा जन्मिएर त्यहि माटोमा लडिबुडी खेल्दै हुर्किएका धादिङ रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ बोराङ ( साविकको सेर्तुङ गाविस)का दिपक तामाङ अब डाक्टर दिपक बन्नु भएको छ । सामुदायिक विद्यालयहरूमा मातृभाषा आधारित बहुभाषी शिक्षा दृष्टिकोणका साथै अङ्ग्रेजी शिक्षकहरूको अनुभवका बिषयमा शोध गरेर दिपक तामाङले त्रिभुवन बिश्व विद्यालयबाटअङ्ग्रेजी शिक्षामा बिद्याबारिधी(पीएचडी)हासिल गर्नु भएको हो ।
धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ४ बोराङका तामाङ ग्रामीण आदर्श बहुमुखी क्याम्पस काठमाण्डौंकाअङ्ग्रेजी विषयका सहायक प्राध्यापक हुनुहुन्छ । रुवीभ्यालीबाट अङ्ग्रेजी शिक्षामा पिएचडी हासिल गर्ने पहिलो व्यक्ति सम्भवत उहाँनै हुनुहुन्छ ।
बुबा वाङ्जेल तामाङ र आमा नइत माया तामाङका छोरा दिपकको जन्म २०४२ साल फागुन ४ गते बोराङमा भएको थियो ।
अमरज्योती उच्च मावि लुईटेल गोर्खाबाट २०६० सालमा एसएलसी उत्तिर्ण गरेका तामाङले एम एड देखि पिएचडि सम्मको अध्ययन त्रिभुवन बिश्व बिद्यालयबाट पुरा गर्नु भएको हो ।
अंग्रेजी बिषयमा त्रिभुवन बिश्वबिद्यालयबाट एम ए,एम एड र एमफिल गर्नु भएका दिपकले पिएचडि पनि त्रिविविबाटै पुरा गर्नु भएको हो ।
सामुदायिक विद्यालयहरूमा मातृभाषा आधारित बहुभाषी शिक्षा दृष्टिकोणका साथै अङ्ग्रेजी शिक्षकहरूको अनुभवका बिषयमा शोध अनुसन्धान गर्दा तपाईले त्यस्तो के देख्नुभयो र त्यहि बिषयमा बिद्यावारिधी हासिल गर्नुभयो भन्ने प्रश्नमा डा. तामाङले भन्नुभयो -“धादिङको उत्तरी भेगमा अहिले पनि अंग्रेजी शिक्षा सुधार आउन बाँकी छ । शिक्षकहरुले पर्याप्त मात्रामा तालिम प्रशिक्षण पाउन सकिरहेका छैनन् । मातृभाषामा आधारित बहुभाषी शिक्षा कार्यक्रम लागू भएको छ, त्यस्लाई प्रभावकारी बनाउन शिक्षकहरु आँफै दक्ष सक्षम हुनु पर्ने जरुरी छ ।”
कुराकनीका क्रममा उहाँको भनाई थियो ‘पाठ्यक्रम,शिक्षण विधिमा,बिषयबस्तुको ज्ञानमा,शिक्षण विधि र कक्षा कोठामा प्रयोग गरिने माध्यम भाषाको रुपमा जनस्तरलाई सुहाँउदो खालको, बिद्यार्थीलाई सुहाउँदो भएमा मात्रै ति ठाउँहरुमा तामाङ भाषाको पृष्ठभुमीबाट आएका सानासाना नानीबाबुहरुलाई आफ्नै भाषाबाट अंग्रेजी पढाउन सकियो भनेमात्रै उनिहरुले बढिमात्रामा पढाई बुझ्न सक्दछन् । शिक्षकको भाषा पनि बुझ्ने पढाईको बिषयबस्तु पनि बुझ्ने हुन्छ्न ।’ तामाङ भाषामा सुनेका पढेका कुराहरु नेपाली अंग्रेजीमा पढ्न जाँदा नयाँ नयाँसीप प्रयोग गरेर पढाउन सकेमात्रै शिक्षाको गुणस्तर बढ्न जाने तामाङको भनाई छ ।
बिद्यालयको शिक्षण र शिक्षा विधि र कृयाकलापलाई राम्रो बनाउन गाउँ समाज, शिक्षक, अभिभावक,बिद्यालय व्यवस्थापन समिति, बिद्यालय प्रशासनका साथै बिद्यार्थीहरु स्वयं जिम्मेवार हुनुपर्दछ । कतिपय अभिभावकलाई अहिले पनि आफ्नो वालवालिकाले के पढिरहेका छन भन्ने जानकारी नै छैन । अंग्रेजी भनेको क्यालकुलेटर र मोवाईल थिच्न जान्ने हुनका लागि मात्रै हो भन्ने धारणालाई मेट्न जरुरी भएको तामाङको भनाई छ ।
मेरो तर्फबाट ग्रामीण भेगका बिद्यालयका शिक्षकहरुलाई अंग्रेजी तथा मात्तृभाषाका बिषय पढाउँदा शिक्षकहरुले भोग्नु परेका समस्याहरुको वारेमा उहाँहरुसंग बसेर समाधानका लागि सकेको पहल गर्ने तामाङले धादिङ न्यूज संगको कुराकानीमा बताउनु भयो । आंफुले जानेका र सिकेका कुरालाई आफ्नो जन्मथलोका शिक्षकहरुलाई सिकाउन लागि रहने पनि तामाङले वताउनु भएको छ ।
मात्तृ भाषामा आधारित बहुभाषी शिक्षा कार्यक्रम धादिङको खनियावास र रुवीभ्याली गाउँपालिकाको १३ वटा बिद्यालयमा मात्रै सञ्चालन भईरहेको हुँदा आगामी दिनमा यो कार्यक्रम उत्तरी धादिङका सबै बिद्यालयमा पु¥याउन पहल गर्ने उहाँको प्रतिवद्धता रहेको छ ।
ः








BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.