धादिङबेसीमा खोला तर्ने क्रममा बगाएर १३ वर्षीया बालिकाको मृत्यु

115 पटक पढिएको

२८ असार २०८३, आईतवार १७:२५ सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको निलकण्ठ नगरपालिकामा खोला तर्ने क्रममा बगाउँदा एक बालिकाको  मृत्यु भएको छ। निलकण्ठ नगरपालिका–३ र वडा नं. १२ जोड्ने डुन्डुरी खोला (थोपल खोला खण्ड) तर्ने क्रममा निलकण्ठ नगरपालिका–१२, दामगाडे निवासी १३ वर्षीया सृष्टि तामाङलाई खोलाले बगाएको हो।

खोलाको तीव्र बहावले बगाएकी उनलाई घटनास्थलभन्दा करिब ५०० मिटर तल स्थानीय बासिन्दाले मृत अवस्थामा फेला पारेका थिए। स्थानीयले बालिकाको शव देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धादिङको टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ।

प्रहरीका अनुसार बालिकाका साथमा रहेका अन्य दुई जना भने सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिनुभएको छ।