धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन असोज ८ गते

37 पटक पढिएको

६ आश्विन २०८३, मंगलवार २०:५९ सम्पादक: धादिङ न्यूज

धादिङ, ६ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लामा असोज ७ गतेका लागि तय गरिएको गाउँ/नगर अधिवेशन प्राविधिक कारणले एक दिन पछि सारिएको छ।

अब धादिङका गाउँ/नगर अधिवेशन २०८३ असोज ८ गते सम्पन्न हुने जनाइएको छ। अधिवेशनमा सहभागी हुने क्षेत्रीय प्रतिनिधि, गाउँ/नगर तथा वडा सभापति, वडा कार्यसमितिका पदाधिकारी एवं सदस्यलगायत सम्पूर्णलाई नयाँ मितिअनुसार आवश्यक तयारीसहित सहभागी हुन अनुरोध गरिएको छ।

यसअघि कांग्रेसको संशोधित केन्द्रीय कार्यतालिकामा गाउँ–नगर अधिवेशन असोज ७ गतेका लागि तोकिएको थियो भने बाढी प्रभावित धादिङमा स्थानीय तहसँगको समन्वयमा अधिवेशन गर्ने व्यवस्था गरिएको थियो।