मौसममा सुधार: आज हिमाली र पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
8 पटक पढिएको
काठमाडौं, १३ असोज – देशभर मौसममा उल्लेख्य सुधार आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।
आज दिउँसो देशभर आंशिक बदली (बादल) लाग्ने देखिएको छ। महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
हालको मौसमी प्रणालीको प्रभावका कारण देशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
आगामी दिनहरूमा पनि मौसमको अवस्थालाई हेरेर आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।







