गल्छी–२ को मतगणना जारी एमालेको अग्रता

1190 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

galchhi-gaunpalika_6r62YLNGmrगल्छी-यति बेला धादिङको गल्छी गाउँ पालिका वडा नम्बर २ ( साविकको कल्लेरी गाविसको वडा नम्बर ४,५ र ६) को मत गणना कार्य जारी छ । पछिल्लो जानकारी अनुसार १००० मत गणना हुंदा नेकपा एमालेले गाउँ पालिका अध्यक्षमा ५५१, उपाध्यक्षमा ५८१ र वडाध्यक्षमा ५५१ मत प्राप्त गरेको छ । यसै गरी नेपाली काँग्रेसले अध्यक्षमा ३४७,उपाध्यक्षमा २१२ र वडाध्यक्षमा ३३४ मत पाएको छ भने माओवादी केन्द्रले अध्यक्षमा ११ र उपाध्यक्षमा १३० मत ल्याएको छ । त्यसै गरी राप्रपाले अध्यक्षमा ८ र वडाध्यक्षमा ११ मत पाएको छ ।
कुल मतदाता २२७१ रहेको यस वडामा १८०२ मत खसेको थियो । अब ८ सय मत गणना हुन बाँकी भएकाले दिउँसो सम्ममा यस वडाको अन्तिम मत परिणाम वाहिर आउने वताईएको छ । यस वडामा नेकपा एमालेबाट षडानन्द खनाल, नेपाली काँग्रेसबाट हरिप्रसाद खतिवडा, माओवादी केन्द्रबाट काजी वज्राचार्य र रापप्राबाट लोकबहादुर श्रेष्ठ वडाध्यक्षमा प्रतिष्पर्धा गरिरहेका छन ।