कांग्रेस नेता मोहम्मद अफताबलाई जन्मकैदको सजाय फैसला
119 पटक पढिएको
काठमाडौं। नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय फैसला भएको छ। आज जिल्ला अदालत रौतहटमा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो।
अदालतले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।