वैशाख १५ गतेसम्म लम्बियो लकडाउन

923 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं २ वैशाख । नेपालमा संक्रमितको सख्या बढ्दै गएपछि विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस रोकथामका लागि नेपाल सरकारले चैत ११ गते देखि शुरु गरेको लकडाउन वैशाख १५ गतेसम्मका लागि बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार (भोली) सकिँदैछ ।

सरकारले बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको निर्णय सरकारका प्रवक्ता मार्फत केही बेरमा सार्वजनिक हुदैछ ।