छाक टार्न मुसाको सिकार

1463 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

musaमोरङ । के सहर के गाउँ मुसाको उपद्रोबाट आजित नहुने सायदै होलान्। मुसा नियन्त्रण गर्ने विभिन्न तरिका अपनाउने गरिन्छ। तर तराईका केही जातिविशेषमा भने यसको मासु नै खाने गर्दछन्।    मुसालाई आहार बनाउनकै लागि उनीहरु घन्टौँसम्म मिहेनत गर्छन्। परम्पराकै रुपमा उनीहरुले मुसाको सिकार गर्दछन्। सीमान्तकृत तथा अतिविपन्न समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसाको सिकार गर्न निस्किन्छन्।    उनीहरु खेतमा जान्छन् र मुसाको दुलो पत्ता लगाएर मुसाको सिकार गर्छन्। मोरङको सिसवनी जहदाका सन्थाल जातिका लखीराम मुर्मु, रामलाल मुर्मु र तल्लु हस्दा मुसा सिकारको खोजीमा सिसवनी जहदाबाट कटहरी गाविसलगायत गाविसका जमिनमा आउने गर्दछन्।    उनीहरु कटहरी, सिसवनी बडहरा, हातीमुडालगायत गाविसस्थित खेतमा मुसा मार्न तल्लीन हुने गर्दछन्। मंगलबार, बिहानदेखि उनीहरुले लगभग एक घन्टाको समय खर्चेर चारवटा मुसाको सिकार गरिसकेका छन्। मुसाको परिकार मीठो हुने भएकाले खाली समयको सदुपयोग गर्न मुसाको सिकारमा आएको सिसवनी जहदाका रामलाल मुर्मले बताए।    तराईवासी सन्थालसहित, बाँतर र ऋषिदेव समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसासहित स्याल, खरायो, वनबिरालो र न्याउरी मुसाको सिकार गर्छन्। विशेषगरी माघ, फागुन, चैत, वैशाख र जेठ महिनामा आफूहरुले विभिन्न सिकार गर्ने गरेको सिसवनी–८ का बल्लु हस्दा बताउँछन्।    मुसाले खेतमा खनेको मलिलो माटो हेरर आफूहरुले मुसाको दुलो पत्तो लगाउने गरेको हस्दा बताउँछन्। यस्तै कटहरी–८ का फेकुलाल ऋषिदेवसमेत आफ्ना दुईजना नातिसँगै मुसाको सिकारमा हिँड्ने गर्दछन्। बजारमा बिक्री हुने माछा, मासु अत्यन्त महँगो भएकाले छाक टार्न मुसा मार्ने गरेको फेकुलालको भनाइ छ।    मुसाको सिकार गर्ने परिपाटीले एकातिर अन्नबालीको सुरक्षा त हुन्छ नै अर्कोतर्फ विपन्न समुदायका मानिसले पोषणयुक्त आहारासमेत पाउने गरेको मुसाका सिकारी बताउँछन्। – See more at: http://www.pipalneta.com/np/?p=3117#sthash.6Q6YDnEh.dpuf