धादिङका भूकम्पपीडितलाई जुम्लाको सिमी राहत

646 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0378

धादिङ- धादिङ र काभ्रे का भूकम्पपीडित सर्वसाधारणलाई राहतस्वरूप सिमी वितरण गरिएको छ । जुम्लीहरूले विभिन्न जिल्लाका भूकम्पपीडितलाई स्थानीय उत्पादन सिमी राहतस्वरूप सहयोग गरेका हुन् । नेपालको दुर्गम तथा खाद्यान्न संकट हुने जिल्ला भनेर चिनिँदै आएको जुम्लाले पनि भूकम्पपीडितलाई सहयोग गरेको हो ।

कृषि तथा खाद्य सरोकार समूहका प्रतिनिधि हरिहर न्यौपानेले धादिङको उत्तरी क्षेत्रको लापा, तिप्लिङ, रि लगायतका गाविसबाट विस्थापित भई सदरमुकाम नजिकै साङकोषमा आएर विस्थापित जिवन विताईरहेका २ सय भन्दा बढी परिवारलाई राहत स्वरुप जुम्लाको सिमि राहत प्रदान गरिएको वताउनु भयो । यसै गरी काभ्रेको  कोसीदेखा र खरेलथोक गाविसका २ सय ४० भूकम्पपीडित परिवारलाई सिमी वितरण गरिएको छ । जुम्लीहरूले राहतका लागि पठाएको सिमी जस्ताको त्यस्तै भूकम्पपीडितको हातसम्म पु¥याउने उद्देश्यले आफैं प्रभावित क्षेत्रमा पुगेर वितरण गरिएको अर्का प्रतिनिधि साझेदारी सहयोग केन्द्रका कार्यकारी निर्देशक किशोर न्यौपाने बताउनुहुन्छ ।  ।

जुम्लीहरूले स्वतःस्फूर्त रूपमा सहयोग गरेको ४० क्विन्टल सिमी प्रतिपरिवार ३ केजीका दरले वितरण गरिएको पनि उनीहरूले जानकारी दिए । भूकम्पपीडितका लागि राहतभन्दा पनि जुम्लीहरूको सद्भाव रहेको उहाँको  भनाइ छ ।

न्यौपानेका अनुसार जुम्लाका विभिन्न विद्यालयका विद्यार्थीले साढे चार क्विन्टल सिमी संकलन गरेका थिए । प्रत्येक जुम्लीबाट आधा केजीदेखि आफ्नो क्षमताअनुसार सिमी सहयोग गरेका थिए ।