विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिक पक्राउ

173 पटक पढिएको

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार १२:१२

सम्पादक: Dhading News

24271221_1538006976248762_1486103302_o-1024x576धादिङ, १५ मंसिर– राजधानी भित्र्याउँदै गरिएको प्रेसरकुकर र सकेटबमसहित दुई भारतीय नागरिकलाइ पक्राउ गरिएको छ ।

काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई तयारी अवस्थाको बमसहति नियन्त्रणमा लिइएको खानिखोला प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अन्य बम बनाउने समाग्री पनि बरामत गरीएको प्रहरीले जनाएको छ ।

 bomb_LjYJYuU0giकाकटभिट्टावाट काठमाडौं आउदै गरेको  ना ७ ख ४९७६ यात्रुबहाक बसमा नौविसेमा प्रहरीले चेकजाँच गर्दा प्रेसरकुकर, सकेट बम सहित विस्फोटक पदार्थ बरामद गरेको हो ।काठमाडौं ल्याइदै गरेको अवस्थामा विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत सिलगुढीका एम फर्मा खान र आसामका राजु मिश्र रहेका छन् । उनीहरुको साथवाट तयारी अवस्थामा रहेको तीन थान बम र विस्फोटक पदार्थका साथै मोटरसाइकलको सक लगायतका सामाग्री बरामद भएको छ ।  नौविसेमा खाना खान रोकेको समयमा प्रहरीले खानतलासी गर्दा उक्त सामाग्री बरामद भएको हो । उक्त बम र विस्फोटक सामाग्री भारत हुँदै नेपाल भित्राइएको प्रहरीको अनुमान छ । निर्वाचन विथोल्ने समूहले उक्त सामाग्री भित्राएको आशंकामा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।


१५ मंसिर २०७४, शुक्रबार १२:१२ मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....