दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु

304 पटक पढिएको

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहीबार २१:५७

सम्पादक: Dhading News

काठमाडौँ, २२ चैत । गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो ।

सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुली १५ वन ३३९ हेक्टर, मकवानपुर १७ वनमा १६५ हेक्टर, ओखलढुंगा पाँच वन ८३५ हेक्टरमा क्षति भएको राजधानी दैनिकमा खबर छ ।

यसैगरी, ताप्लेजुङको दुई वनमा १९५ हेक्टर, इलाम छ वनमा ३३ हेक्टर, धनकुटा सात वन २५३ हेक्टर, रसुवा दुई वन सात हेक्टर, भोजपुर दुई वन आठ हेक्टर, धादिङ ३८ वन ३३५ हेक्टर र गुल्मीमा एक वन ९० हेक्टर क्षति भएको छ ।

विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले गर्मीसँगै हावाहुरी र गर्मीका कारण वनमा हुने आगलागी बढेको बताउनुभयो । उहाँले तनहुँमा वनमा भएको आगलागीले ६९ वर्षीय मोहनबहादुर थापाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले आगलागी भएका वनमा वनका कर्मचारी, स्थानीय उपभोक्ता, नेपाल प्रहरी, नेपाली सेनामार्फत आगलागी नियन्त्रणमा लिइएको बताउनुभयो ।

यसका अलावा अर्घाखाँची, बारा, चितवन, दाङलगायतका २५ जिल्लाका वनमा आगलागी भएको तर कति क्षति भयो भन्नेबारेमा आधिकारिक खबर नआइसकेको विभागले जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ चैत्र २०७४, बिहीबार २१:५७ मा प्रकाशित

समाचार

सबै

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने.....

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ ।.....

कार्तिक १ देखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

धादिङ। सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने.....

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक.....

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी.....

Categories