मनाङमा हिमपहिरोमा परेर बसेरीका अजय ढकालको मृत्यु

1474 पटक पढिएको

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार ११:२९

सम्पादक: Dhading News

 

 

मनाङ । मनाङको क्याङ्दीमा हिमपहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। त्यस्तै एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा ट्रेकिङ गाइड धादिङ बसेरीका  अजय ढकाल छन् ।

नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । मनाङको निस्याङ गाउँपालिका-१ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए ।

ढकालको शव शुक्रबार साँझ फेला परे पनि नेदरल्याण्डका भिनसेन्टलाई भने फेला पर्न सकिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले उनको खोजी कार्य जारी रहेको जानकारी दिए ।

मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो । नेदरल्याण्डका भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ढकालका आफन्तले उनको मृत्यु सहज रुपमा भएको हुन नसक्ने भन्दै घटनाको छानविनको माग गरेका छन् । अजयका दाजु विमलराज ढकालले फेसबुक मार्फत अजय संग गएका विदेशी नागरिक विरामी परेको र मौसम खराव भएको वेलामा पनि ट्रेकिङ एजेन्सीले जवरजस्ती यात्रा गर्न वाध्य वनाएको, सम्पर्क विहिन हुंदा समेत खोजविन नगरेको संगै गएका अन्य पर्यटक र पथ प्रदर्शकले घटना भएको ठाउँ पार गरिसक्दा अजय र उनि संग भएका विदेशी मात्रै त्यहाँ पर्नुलाई संयोग मात्र मान्न नहुने वताएका छन् ।

विमलराजले आफ्नो फेसबुकवालमा लेखेका छन । “म कुनै हालतमा स्विकार गर्न तयार छैन मेरो मुटु मरेको यो यथार्थ हो कि मारेको । मौसम खराब भएको र विदेशी नागरिक अस्वस्थ रहेको अवस्थामा किन अर्को विकल्प नदिएर हिँडाईयो , अरु सारा त्यो ठाउँ पार गर्न सक्दा यी दुईले किन सकेनन्। विना सम्पर्क हुँदा यतीका दिन सम्म किन खोजी गरिएन ?? सम्बन्धित जो होस् छिट्टो जवाफ दे ……
मेरो मुटु आउन , बाबू आउन ….कसरी पत्याउँ कसरि मानु बाबु तिमी यति निष्ठुरि छौ हामीलाई छाडेर जान सक्छौ , बाबू मेरो बाबू तिम्रा असिमित रहरहरु कसरी त्याग्न सक्छौ ?”
त्यो अन्तिम पलमा कसरी परिचय पत्र निकाल्न सोँच आयो मेरो बाबू ? सहारा पाको भए आज यो सुन्न पर्थेन कति रोयौ करायौ होला मेरो बाबू कोहि पाएनौ सहारा , पैसा केवल पैसा मगजमा बोकेकाले तिम्रो बारे एक पटक सोँचेनन्



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२५ फाल्गुन २०७५, शनिबार ११:२९ मा प्रकाशित

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories