निक साइमन इन्स्टिच्युटद्धारा १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण

131 पटक पढिएको

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार ०७:४१

सम्पादक: धादिङ न्यूज

 काठमाडाैँ । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामाग्री हस्तान्तरण गरे ।

भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताउनुभयाे । उहाँले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, वुटवल र बागलुङमा दुई/दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनका लागि तयारी अवस्थामा राखिने जानकारी दिनुभयो ।

इन्स्टिच्युटका तर्फबाट डा श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोशिश भइरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्नुभयाे । हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री सम्बन्धित जिल्लामा पठाउने काम सुरू भएको जानकारी दिनुभयाे । पिपिइ यसअघि नै जिल्ला जिल्लामा पठाइएको श्रेष्ठले बताउनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२६ चैत्र २०७६, बुधबार ०७:४१ मा प्रकाशित

समाचार

सबै

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख,.....

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का.....

भारतबाट नेपाली ल्याउन २० नाका खोलिंदै

काठमाण्डौ । कोरोना संक्रमणले महामारीको रुप लिन थालेपछि वन्द हुन पुगेको नेपाल भारत सिमा नाका खुकुलो पारेर.....

Categories