धादिङमा १८३ जनाको आरडिटी परीक्षण,सबैको रिपोर्ट ‘नेगेटिभ’

346 पटक पढिएको

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार ०९:२१

सम्पादक: Dhadingnews.com

धादिङ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि तीन दिनअघिदेखि सुरु गरिएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) धादिङमा १८३ जनाको परीक्षण गरिएको छ ।

धादिङमा तीन दिनमा १८३ जनामा कोरोना भाइरस कोभिड–१९ भए/नभएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) द्रूत परीक्षण गरिएको हो ।

शनिबार, आइतबार र सोमबार गरेर १८३ जनाको आरडिटी टेस्ट गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दीपक अछामीले जानकारी दिनुभयो । सोमबार गल्छी गाउँपालिकाले १४, बेनिघाट रोराङ गाउँपालिकाले १२, गंगाजमुना गाउँपालिकाले ११ जना र त्रिपुरासुन्दरी गाउँपालिकाले ११ गरी ४७ जनामा आरडीटी विधिमार्फत कोरोनाको परीक्षण गरिएको थियो ।

सोमबार परीक्षण गरिएको ४७ जना सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको अछामीले बताउनुभयो । आज (मंगलबार) जिल्लाको ज्वालामुखी र गजुरी गाउँपालिकामा कोरोना परीक्षण गर्ने कार्यक्रम रहेको छ ।

संघीय सरकारले बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको र्‍यापिड टेस्ट गर्ने ३०० थान कीट धादिङमा प्राप्त हुनासाथ जिल्लामा र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) सुरु गरिएको हो । आरडीटी विधिबाट परीक्षण गर्दा १५ मिनेटमा नतिजा आउने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि परीक्षण गर्ने सरकारी नीतिअनुसार जिल्लामा लकडाउनअघि र पछि आएका सबैजनाको परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

गल्छी गाउँपालिकाभित्र विदेशबाट आएका तथा जोखिम क्षेत्राभित्र परेकाहरुमध्ये उच्च जोखिममा रहेका ३६ जना व्यक्तिलाई कोरोना भाइरसको (आरडिटी) परीक्षण पूरा भएको छ । परीक्षण भएका सबै व्यक्तिहरुमा नेगेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२ बैशाख २०७७, मंगलवार ०९:२१ मा प्रकाशित

समाचार

सबै

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख,.....

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का.....

भारतबाट नेपाली ल्याउन २० नाका खोलिंदै

काठमाण्डौ । कोरोना संक्रमणले महामारीको रुप लिन थालेपछि वन्द हुन पुगेको नेपाल भारत सिमा नाका खुकुलो पारेर.....

Categories