धादिङमा पानीघट्टबाट बिजुली निकालिने

796 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ २ फागुन – राष्ट्रिय प्रसारण लाइन नपुगेका धादिङ जिल्लाका ग्रामीण भेगमा सुधारिएको पानीघट्टमार्फत बिद्युत्तिकरण गरिने भएको छ ।
SAM_0208सदरमुकाम धादिङबेसीमा शुक्रवार आयोजना भएको कार्यक्रममा केन्द्रिय प्रशारण लाइन पुग्न नसकेका ग्रामीण बस्तिमा विद्युत्त सुविधा पु¥याउन ग्रामीण समुदायमा बिद्युत्तिकरण तथा शशक्तिकरण कार्यक्रम संचालन गर्न लागिएको जानकारी गराईएको हो ।
ग्रामीण प्रविधि केन्द्र र ग्रामीण आपसि विकास संस्थाको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यक्रम अधिकृत मदन थपलिया,नेदरल्याण्ड सहयोग नियोग एसएनभिका बैकल्पिक उर्जा सल्लाहकार, केशवचन्द्र दास, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी अधिकृत गणेशराम श्रेष्ठ लगायतले सुधारिएको पानीघट्टबाट बिद्युत्त उत्पादनका बिषयमा जानकारी गराएका थिए ।
परिक्षणका रुपमा धादिङ जिल्लाको नौविसे गाविसको तोप्लाङ, पिडा गाविसको वालुवाडांडा,जोगिमाराको रोवाङका साथै किराञ्चोक र झार्लाङ गाविसमा ग्रामीण समुदायमा बिद्युत्तिकरण तथा शशक्तिकरण कार्यक्रम संचालन गर्न लागिएको जानकारी गराईएको थियो । ऊर्जाका लागि ग्रामीण क्षेत्रमा मटितेलको अधिक प्रयोग हुने गरेको भएपनि बढ्दो मुल्य बृद्धिका कारण सर्वसाधरणले सास्ती भोग्नु परेकाले सुधारिएको पानीघट्टमार्फत बिद्युत्तिकरण कार्यक्रम संचालन गरी सहयोग गर्न लागिएको ग्रामीण प्रविधि केन्द्रका कार्यकारी अधिकृत श्रेष्ठले वताए ।
धादिङ जिल्लामा हाल ८ सयभन्दा बढी पानी घट्ट संचालनमा रहेको र अधिकांश पानीघट्ट ग्रामीण भेगमा रहेको र ति बस्तीमा अझै कयौं बर्ष केन्द्रिय प्रशारण लाइनवाट बिद्युत्तिकरण सम्भव नभएकोले परिक्षण योजना धादिङवाट शुरु गर्न लागिएको वताईएको छ । परम्परागत पानीघट्टले कुटानी पिसानीको मात्र काम गर्दै आएकोमा अव सुधारिएको घट्टले गाउंमा विजुली बत्ती बाल्न पनि सकिने भएपछि समुदाय थप खुसीयाली छाएको घट्ट धनी संघ धादिङका अध्यक्ष गोविन्द भण्डारीले वताएका छन । धादिङमा सुधारिएको पानी घट्ट कार्यक्रमका लागि समन्वय गर्दै आईरहेको ग्रामीण आपसि विकास सस्था मार्फत बिद्युत्तिकरण कार्यक्रम संचालन गरिने वताईएको छ ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यक्रम अधिकृत थपलियाका अनुसार ग्रामीण प्रविधि केन्द्र मार्फत देशका ५३ जिल्लामा घट्ट सुधारका कार्यक्रम सुरु गरिएको र यसबाट ४ लाख ४० हजार व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन । सुधारिएको पानी घट्ट लागुभएका जिल्लाहरुमा समुदायको मागका आधारमा सुधारिएको पानीघट्ट मार्फत बिद्युत्तिकरण कार्यक्रम संचालन हुने थपलियाले वताएका छन । धादिङ जिल्लामा संचालनहुने बिद्युत्तिकरण कार्यक्रमवाट २ सय घर परिवार लभान्वित हुने छन । ग्रामीण क्षेत्रका साना तथा मझौला उद्योग सञ्चालन गर्न यो प्रविधि बढी प्रभावकारी भइरहेको ग्रामीण प्रविधि केन्द्र नेपालका कार्यकारी निर्देशक श्रेष्ठले बताए । धादिङ जिल्लावाट सन् १०९० देखि पानीघट्टको सुधारकार्यक्रम सुरु गरिएको र हालसम्म ३० हजार घट्ट सुधार गरेर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको पनि उनले वताए ।
केन्द्रको अभिलेख अनुसार सुधारिएको पानी घट्टबाट हालसम्म ७ हजार युनिट विद्युत्त उत्पादन भएको छ । यसरी उत्पादित विद्युत्तले ठूला उद्योगका लागि आवश्यक विद्युत्त उपलब्ध गराउन नसके पनि दुर्गम गाउँमा छरिएर रहेका घरमा बत्ती बाल्न सहयोग पुग्ने श्रेष्ठको भनाइ छ । केन्द्रका अनुसार यस्ता घट्टबाट विद्युत्त उत्पादन गर्न प्रतिकिलोवाट २ लाख ४० हजार रुपैयाँ लाग्ने गर्दछ । लागतको ८० प्रतिशत रकम अनुदान र २० प्रतिशत समुदायवाट व्यवस्थापन गरिनेछ ।