निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
163 पटक पढिएको

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो ।घटेको मूल्य जेठ १८ गते राती १२ वजे पछि बाट लागू हुनेछ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।
भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मुल्य घटाएको जनाएको छ ।