मध्यराति ६.१ रेक्टरको भुइँचालो: केन्द्रविन्दु सिन्धुपाल्चोक

35 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,१६ फागुन २०८१ ।  सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर मध्यरातमा शक्तिशाली भूकम्प गएको छ ।

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो ।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का  काभ्रे, दोलखा, नुवाकोट, धादिङ, चितवनका साथै  पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *