लिटिल मिस वर्ल्डमा नेपाली किशोरी पाँचौं स्थानमा
766 पटक पढिएको
धादिङ, असोज २१ – लिटिल मिस वर्ल्ड नेपाल (२०१३) को उपाधि जितेर अन्र्तराष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्न पुगेकी विपना अधिकारी उत्कृष्ट पाँचमा परेर टिन प्रिन्सेसको उपाधि जित्न सफल भएकी छन ।
धादिङ मुरलीभञ्ज्याङकी १४ वर्षकी विपना अधिकारीले असोज १३ देखि १९ गते सम्म टर्कीको अन्टालियामा भएको १३ औं संस्करणको लिटिल मिस वर्ल्डमा नेपालका तर्फबाट भाग लिएकी थिइन ।
यस पटकको मिस वर्ल्डको ताज भने ततारस्थानकी एजिलावेटले पहिरिएकी छन । प्रतियोगितामा बुल्गेरियाकी रलिस्टा दोश्रो, युक्रेनकी अनास्टासिला तेश्रो र रसियाकी डारियाले चौथो स्थान प्राप्त गरेको विपनासंगै ग्रिस पुगेका उनका बुवा केशव अधिकारी वताउनुभयो ।
यस अघि विपश्वी पौडेल तथा सुप्रिया मास्केले टर्कीमा सम्पन्न ११ औं संस्करणको लिटिल मिस वर्ल्ड (२०११ तथा १२ औं सस्करणको टिन मिस वर्ल्ड (२०१२ मा शीर्ष उपाधि जित्न सफल भएका थिए ।
नेपालले यस पटक समेत गरी लिटिल मिस वर्ल्ड तेश्रो पटक सहभागिता जनाएको हो ।
बालप्रतिभा प्रदर्शन एवं संस्कृति संवद्र्धन गर्ने उद्धेश्यले नेप्लिज काउन्सिलको आयोजनामा हरेक बर्ष लिटिल मिस वर्ल्डको आयोजना हुंदै आईरहेको छ ।
विश्वभरीका लिटिल मिसहरुका बिच हरेक बर्ष ग्रिसमा मिस वर्ल्ड प्रतियोगिता हुने गर्दछ । नेपालमा भएको राष्ट्रिय प्रतियोगितामा ६० जनालाई पछि पार्दै विपना प्रथम भएर अन्र्तराष्ट्रिय मञ्चमा पुग्न सफल भएकी हुन ।
धादिङको ज्यामरुङ गाविसको वडा नम्बर २ मा पुर्ख्यौली वसोवास रहेको भएपनि केही बर्ष देखि मुरलीभञ्ज्याङ गाविसको वडा नम्बर २ मा बस्दै आईरहेका केशव अधिकारी र ललिता अधिकारीका दुई सन्तान मध्येकी कान्छी हुन ललिता ।
उनको १६ वर्षका एक दाजु पनि छन । काठमाडौंको डल्लुमा रहेको स्वर्णिम उच्च माविमा कक्षामा अध्ययनरत विपनाले पढाईका साथै अतिरिक्त क्रियाकलापमा नृत्यमा बिशेष चासो राख्ने गरेको उनका बुबा केशव अधिकारीले वताउनुभयो ।
तस्बिर सौजन्य : केशब अधिकारी / टर्की, अन्टालिया