धादिङ् जिल्लाको सेरोफेरो

1370 पटक पढिएको

सम्पादक: Dhadingnews.com

  • के.बी.मसाल

kbपोखरा-काठमाडांै पृथ्वी राजमार्ग पुग्नुभन्दा पहिले पश्चिम नेपालका पहाडी जिल्लाका मानिसहरु राजधानी जाँदा सबै धादिङ् जिल्लाको सल्यानटारको बाटो हिड्ने गर्दथे । धादिङ् र गोरखा जिल्लाको सीमाना बुढीगण्डकीको आरुघाटको झोलुङ्गेपुल तरेपछि सल्यान टारको मैदानी भागमा बगेको आखु खोलाको किनार-किनारै हिँड्दै हासेको पसल हुँदै नुवाकोट र धादिङ्को सीमाना सामरी भञ्ज्याङ् भएर त्रिशुली बजार निस्किएर बर्वन्दीको उकालो अथवा रानीपौवा भएर काठमाडांै उपत्यका जाने, आउने मुख्य मार्ग थियो । यातायातको सुविधा हँुदै गएपछि पछिल्लो पुस्तालाई ती कुराहरु इतिहास बनिसकेको छ । अहिले धादिङ् जिल्लामा प्राय सबै ठाउँमा यातायातका साधनहरु गुडेका छन । ऐतिहासिक अथवा धार्मिक स्थलहरुमा मानिसहरु पुग्न सजिलो भएको छ । यातायात र कृषिर् विकासले धादिङ् जिल्लाका साना किसानहरुको जीवनस्तरनै सुधार भएको छ । हिमाली भेग र पहाडी दर्ुगम स्थानमा भएका खनिजहरु उद्योगको रुपमा प्रयोगमा आउन थालेको छ । बालुवा मार्वल स्लेट चुनढुङ्गा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानिहरु प्रयोगमा आउन थालेको छ ।
धादिङ जिल्ला नेपालका दर्ूलभ जातिहरुमध्येको एक जाति चेपाङ प्रजाको बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा धा भनेको देवता र दिङ् भनेको आगोको ज्वाला भन्ने हुन्छ । चेपाङहरु पहिलेदेखि नै यहाँ बसोबास गरेको र ज्वालामुखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाट नै यस जिल्लाको नाम धादिङ रहन गएको हो भन्ने जनश्रुती रहेको छ । मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत बाग्मती आचलको पश्चिममा रहेको पहाडी जिल्ला धादिङ मनोरम प्राकृतिक दृष्यहरुले भरिपर्ूण्ा रहेको छ । यो जिल्ला १९२४०९ वर्ग किमि रहेको यस जिल्लाको पर्ूवमा काठमाडौं नुवाकोट र रसुवा जिल्ला पश्चिममा गोरखा जिल्ला उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा मकवानपुर तथा चितवन जिल्लाहरु रहेका छन् । धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृंखलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ । उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ । यस जिल्लामा लेक बेंसी नदीनाला टार र पहाडी डाँडाकाँडाहरुले सजिएको छ । यस जिल्लाको सबैभन्दा अग्लो स्थान पाविल हिमाल ७११० मिटर र सबैभन्दा होचो ठाउँ पृर्थ्र्वी राजमार्गको जोगीमारा ३०० मिटर रहेको छ । भने जिल्ला सदरमुकाम धादिङबेंसी ६४० मिटरको उचाईमा रहेको छ ।
धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ । जिल्लाको उत्तरी क्षेत्रको भू-भाग हिमालको आसपासमा पनि रहेको छ । त्यसैगरी त्रिशुली नदी आखु नदी थोप्पल खोलालगायत पश्चिममा बगेको बूढी गण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरु पर्दछन् । नेपालका चचिर्त टारहरुमध्येको एक टार सल्यानटार बूढी गण्डकी र आखु नदीको बीचमा रहेको छ ।
त्यसैगरी जिल्लामा सहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, विशालटार, रिचोकटार जस्ता प्रशस्तै टारहरु र बेंसीहरु रहेका छन् । धादिङ् जिल्लामा नदीनाला र टारहरुको उल्लेखीय संख्या रहेको छ । त्रिशुली नदी, आखु नदी, थोप्पलखोला, आसीखोला, कोशीखोला, महेशखोलालगायत खोलानालाहरु छन् । धादिङ् जिल्लाको उत्तरीभेग प्राय चिसो हावापानी पाइन्छ । सेमजोङ गाउँ धादिङ्को सदरमुकाम धादिङ्बेसीदेखि ३० किमिको दुरीमा रहेको छ । तांचागाङबाट देखिने सर्ूयाेदय, तामाङ्हरुको इतिहास रचेको डापजोङ दरबारको भग्नावशेस, पुराना मानेहरु, वाका राहा, सुत्केरीले उठाएको ढुंगा, शान्त र रमणीय डुप्खाङ योगाश्रम, बाक्लो तामाङ वस्ती अनी यहाँका रितिरिवाज, परम्परा, माने नाच, म्हेन्दो माया नाच आदि यहाँका बिशेषताहरु हुन् । साथै उत्तरी भेकमा देखिने सुन्दर हिमश्रृंखला यहाँबाट अवलोकन गर्न पनि सकिन्छ । धादिङ् जिल्लाको इतिहास केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग पश्चिम धादिङ्को मैदीकोट, सल्यानकोट, कानाकोटजस्ता ठाउँहरुको प्रसंग जोडिएको पाइन्छ । भनेे प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेकोे बगंैचा, पौवा, मन्दिरहरु भग्नावशेषको रुपमा धेरै गाउँ र टारहरुमा अहिले पनि देख्न सकिन्छ । पश्चिम धादिङ्को सीमाना रहेका बुढीगण्डकीको किनारमा रहेको बुङकोटघाटमा र नदी किनारमा रहेका गोरखा र धादिङ् दुबै जिल्लाका टारहरुमा लगाइएको बगंैचाहरुले अहिलेसम्म पनि भिमसेन थापाको स्मरण दिलाएको छ ।
धादिङ जिल्लाभित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरुमा सल्यानकोटको त्रिपुरासुन्दरीको महङ्खव छुट्टै रहेको छ । मंसिर महिनामा दिन र तिथि हेराएर न्वागी खाने पर्वको बेला सल्यानकोटबाट देवीलाई आगिञ्चोकमा सारिने र आगिञ्चोकको देवीको मन्दिरमा न्वागी पर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ । त्रिपुरासुन्दरी देवीको महङ्खव धादिङ् र पर्ूर्वी गोरखा जिल्लाका गाउँ र बस्तीका मानिसहरुको आस्थाको केन्द्र बनेको छ । त्यसैगरी नलाङ र सलाङको बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महङ्खवपर्ूण्ा स्थलको रुपमा लिइन्छ । सिद्धलेख नजिक रहेको १५२५ मि. अग्लो देवा डाँडाबाट धादिङ् जिल्लाको सल्यानटार वाहेक ४९ वटा गाविसहरुको डाँडाकाँडा, बस्ती र रमाईलो प्रकृतिक दृष्य देख्न सकिन्छ । चैनपुर र मुरलीभञ्ज्याङ्को बीचमा झण्डै १४०० मिटर उचाईमा रहेको ज्वालामुखी महङ्खवपर्ूण्ा ऐतिहासिक स्थलको रुपमा मानिन्छ । ज्वालामुखीबाट आखुको किनारमा रहेको समतल भूमि एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पर्ूव एवं पश्चिममा बग्ने आखुु एवं बुढी गण्डकी नदी देख्न सकिन्छ भने उत्तरतर्फहिमाली श्रंृखलाहरुको दृश्य देख्न सकिन्छ । यसैगरी यस स्थलबाट धादिङ् जिल्लाका ५० वटा गाविसका भू-भाग पनि देख्न सकिन्छ । कल्लेरी पर्ने मुलाबारी गाउँको माथि नाङ्गो डाँडामा रहेको गुप्तेश्वरी गुफालाई एक रमणीय प्राकृतिक स्थलको रुपमा लिन सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने दृश्यहरु रहेका छन् ।
धादिङ् जिल्लाको अति रमणीय झरना हो गंगजमुना । यो झरना फूलखर्क गाउँ विकास समितिको ढार्डखर्कको शीरानमा रहेको छ । गंगा जमुना झरना धादिङ् जिल्लाको एक ऐतिहासिक स्थल पनि हो । यहाँ पहाडको उच्च स्थानमा रहेको ढार्डखर्कको अत्यन्तै भिरालो जमिनको सतहबाट झन्डै २०० मिको हाराहारीमा पर्ने गंगा र जमुना नामका दर्ुइवटा झरना पहराबाट तलर्झदा सप्तरंगी इन्द्रेणीको एक अति आकर्ष दृश्य देख्न सकिन्छ । यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । यो वाहेक धादिङ् जिल्लाको ढोला गाविसमा रहेको मण्डली माईको मन्दिर एक चर्चित र प्रख्यात धार्मिक स्थल हो । यहाँ हरेक मंगलबार बाख्राको पाठी बली चर्ढाई पूजा-आजा गर्न भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । जंगलको बीचमा रहेको यो मन्दिरमा महिलाहरु जान नहुने धार्मिक परमंपरा र विश्वास रहेको छ । यसलगायत धादिङ् जिल्लामा नदी-नाला हिमशिखरहरु, ताल, झरनाहरु, गुफाहरु, जैविक विविधता, वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थल पनि हो ।
पृथ्वी राजमार्गमा पर्ने गल्छीको ऐतिहासिकता जोडिएको गल्छी हो । खानीखोला र नौविसेबाट बग्दै आएको महेश खोला र त्रिशुली नदीको संगम स्थललाई वैरेनीको गल्छी भनिन्छ । राजमार्गको वैरेनी बजार कुनैबेला महेश खोला बग्ने गर्दथ्यो । राणा कालिन समयमा त्यतिबेला उपलव्ध हुने स्थानीय औजारको प्रयोगबाट अहिलेको गल्छीबाट महेश खोलालाई त्रिशुलीमा मिसाएर करिव ३ किमि खोलाको बगरलाई आवादी गरी खेतीयोग्य जमिन बनाइएको थियो । गल्छी निर्माण गर्नेमा सुब्बा होमनाथ खतिवडा, पिता मुखिया पण्डित, नन्दलाल खतिवडाले वि.स.ं १९१४ सालदेखि १९२२ सालसम्म लगातार ९ वर्षलगाएर सम्पन्न गरेका जनश्रुती रहेको छ । पण्डित नन्दलाल खतिवडा सम्पन्न राजघरानाका व्यक्तित्व थिए । उनैले १४ र १५ गाउँबाट मानिसहरु झकिाएर कोदाला, घन, गल, बञ्चरा आदि साधनहरुले पहरै पहराले ठाडिएको ३ सय मिटर जति अग्लो डाँडोकाटन लगाएका थिए । गल्छी निर्माणको कार्य गर्दा विभिन्न स्थानबाट १७ मुरी गगत जम्मा गर्नलगाई चार कडे ठूला-ठूला खड्कुलाहरुमा गगत पकाइ त्यसको झोल चटानमा खनाइ नरम बनाएर पहरोफुटाएको इतिहास पाइन्छ । ठूलो खर्च गरेर गल्छी काटी महेस खोलालाई पहिलेको महेसदोभानभन्दा ३ किलो मिटर माथि नै त्रिशुली नदीमा मिर्साई पहिले खोलो बगेको स्थानमा खेतीयोग्य जमिन बनाएका थिए ।
वि.सं. १९३८ सालको पर्वमा फौदसिंह कर्र्णोल काठमाडौंबाट राणाहरुबाट निकाला भई धादिङ्तिर आएका रहेछन् । उनले गल्छिको लगभग १५० रोपनी खेत मुखीया नन्दलाल खतिवडासँग किनेर बसोवास गरेका रहेछन् । त्यतिवेला गल्छीमा वारीपारी गर्न फौद सिंह कण्ँेालले वि.सं. १९६० सालमा काठेपुल हालेका रहेछन् । जुन स्थानमा वि.सं. २०३६ सालतिर झोलुङ्गेपुल बनेको थियो । वि.सं. २०३८ सालतिर बैरेनी-देविघाट- नुवाकोट जोड्ने १७ किमि सडक बनेपछि गल्छीको झोलुङ्गेपुलको स्थानमा हाल पक्किपुल वनेको छ । फौदसिंह कणेलको खेत वि.सं १९८९ सालमा श्री ३ र प्रधानमन्त्री जुद्धसमशेर राणाले खेत र क्यौरेनीको आँप बगैंचा किनेर छोरा-छोरीको नाममा शिवालयमा दान दिएको इतिहास भेटिन्छ । अहिले वैरेनी बजारलाई सरकरले मध्यपहाडी शहरी क्षेत्रको अवधारणामा राखेको छ । गोसाइकुण्ड जानको लागि अहिले काठमाडौंबाट मात्र नभएर गल्छीबाट पनि यात्रा तय गर्न सकिन्छ । गोसाइकुण्डको लागि नारायणघाट, मुग्लीन भएर जाने मानिसहरुको लागि यो मार्ग छोटो र रमणीय मानिन्छ । गल्छीबाट नुवाकोट जिल्लाको रातामाटा, झलिटूङ् हँुदै प्रशिद्ध धार्मिकस्थल मानिने देवीघाटको अवलोकन गर्दै नुवाकोटको सदरमुकाम त्रिशुली विदुर पुगिन्छ ।
युरोपेली मुलुकको स्पेनको राष्ट्रिय खेल भनेर चिनिएको गोरु-जुधाइ धादिङ् र नुवाकोटको सिमानामा पर्ने गाउँहरुमा लिच्छवी कालदेखि चल्दै आएको रहेछ । गल्छिबाट त्रिशुलीपट्टी ५ किलोमिटर भित्र, केउरेनी घाटसम्म पुगेपछि त्रिशुली नदीको झोलुङ्गेपुल तरेर तारुका गाउँ पुग्न सकिन्छ । हरेक वर्षमाघ १ गते अर्थात माघे सक्रान्तिको अवसरमा धादिङ् र नुवाकोटको सीमानामा पर्ने तारुका गाउँमा गोरु जुधाई मेला आयोजना हुनर्ेगर्छ । ऐतिहासिक परम्पराको रुपमा रहेको गोरु जुधाइ मेला एउटा भिन्न प्रकारको परम्परागत मेला हो । गोरु जुधाउने मेला बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्वदन्ती रहेको छ । सिंह वि.सं. १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साढे जुधाउने परम्परा आयोजना गराएका थिए । यहीँ परम्परा अन्ततः वरपरको गाउँलेहरुको लागि पनि मनोरञ्जनको माध्यम र खेलजात्रा बनेको इतिहास रहेको छ ।
राजधानीसँग जोडिएको धादिङ् पोखरा-काठमाडौं पृथ्वी राजमार्ग बन्नुभन्दा अगाडिको अवस्था ज्यादै पछाडि परेको थियो । चीनको सहयोटबाट पृथ्वी राजमार्ग ०२४/२५ सालबाट बन्न थोलेपछि अहिले राजमार्ग भएको क्षेत्र र आसपासका गाउँहरुमा ठूलो आर्थिक क्रान्ति नै भएको विगतदेखिको इतिहास छ । सडक निर्माणको क्रमसँगै अहिलेको बजार चरौदी, वेनीघाट, मलेखु, गजुरीजस्ता स्थानहरु बजारमा परिणत भएका छन् । उद्योगधन्दा खुलेका छन् । तरकारीखेतीले धादिङ् जिल्लामा कृषहरुको आर्थिक अवस्था सुधार भएको छ । गाउँ-गाउँमा सडक निर्माण भएका छन् । तरकारी खेती, फलफूलखेती र पशुपालन गर्ने कार्यनै धादिङ्का अधिकांश कृषकहरुको जीवनसँग जोडिएको छ । चार दशक अगाडिको धादिङ् जिल्लावासीको जनजीवन र अहिलेको जनजीवनमा धेरै परिवर्तन आएको छ ।
काठमाडांै जाँदा-आउँदा मात्र धादिङ् जिल्लाको मोटर मार्गको प्रयोग गर्नेहरुका लागि स्थलगत जिल्लाको हिमाली भू-भागदेखि समतल टार र पहाडी ऐतिहासिक स्थलको अध्ययन गर्नको लागि धादिङ् जिल्ला राभ्रो मानिन्छ । हिमाली जनजीवन, तमाङ् भाषा र संस्कृति अध्ययन गर्नेहरुको लागि पनि यो जिल्ला महङ्खवपर्ूण्ा मानिएको छ । कृषि क्षेत्रको अनुसंधान गर्नको लागि पनि धादिङ् उपयुक्त जिल्ला मानिन्छ । धादिङ् जाऔँ पहाडी जिल्लाको भ्रमण गर्दै त्यसको अनुभव अरुलाई पनि बाड्न सकौँ ।

– गोरक्ष डट कमबाट