कोइलीखर्कका चालिस परिवारलाई युवाहरुको सहयोग

597 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11209706_10204093683892890_4813124763794317888_n (1)बैरेनी–प्रलयकारी महाभुकम्पबाट तहस नहस वनेको गाउंवस्तिका वासिन्दाले भुकम्प आएको आठ दिन बितिसक्दा पनि राहत पाउन नसकेर खुल्ला आकाशमुनी भोकभोक वसिरहनु परेको वेला सहयोगीहातहरु गउं तर्फ लाग्न थालेका छन ।
दक्षिणी धादिङको बैरेनी गाविस वडा नम्बर ४ कोईलीखर्कका अति विपन्न तामाङ समुदायले भोग्नु परेको भुकम्पको पिडा कम गर्न युवाहरुको प्रयासमा शनिवार गाउंमै पुगेर केही राहत सामाग्री बितरण गरिएको छ । बैरेनी ९ का युवा दिपेश कार्कीको संयोजनमा पोखरामा व्यवसाय संचालन गरिरहेका युवाहरुले दिएको सहयोगबाट कोईलीखर्कका ४० घर परिवारलाई थोरै भएपनि राहत सहयोग उपलव्ध गराईएको हो । सरकारी तवरबाट पठाईएको त्रिपाल तथा खाद्यान्न पिडितहरुको अनुपातमा निकै कम भएको भन्दै स्थानीय राजनैतिक संयन्त्र र गाविस कार्यालयले वितरण गर्न नसकेपछि युवाहरुको प्रयासमा कोईलीखर्कका ४० परिवारलाई एक एक थान त्रिपाल ,म्याट,लत्ता कपडा, चामल, नुन, चिउरा सहयोग गरिएको सहयोग संकलन अभियानका सदस्य पत्रकार सन्तोष अधिकारीले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।
11163744_10204093685932941_4962358832933474734_n

11188393_10204093680572807_5606714036919242575_n

11205122_10204093688052994_814273523742522648_n

11204888_10204093682652859_5136567597002816411_n

11011275_10204093688293000_5648561639100185889_n