यसरी वितरण गरे धमलाले राहत वितरण

475 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


10394812_454855874671471_943191426930045804_nकाठमाडौ, – सरकारले महाभुकम्पबाट पीडित जिल्ला घोषणा गरेको धादिङ्ग जिल्लाको १६ बटा गाविसमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आफ्नै पहलमा विभिन्न सहयोगी सस्थाहरुसँग संकलन गरेको राहत प्याकेज वितरण गरेका छन । 
उनले बैशाख १४ गतेदेखि निरन्त आफ्नो जन्म जिल्ला पनि रहेको धादिङ्गमा अहिलेसम्म छ ट्रक कम्बल, त्रिपाल र खाद्यान्न वितरण गरिसकेका छन । 
राहत वितरण गरिएको गाविसहरुमा ज्यामरुङ्ग, साङकोस, ढोला, कुम्पुर, कल्लेरी, मैदी, खरी,जीवनपुर, कटुन्जे, मुरलीभन्ज्याङ्ग, नलाङ्ग र निलकण्ठ नगरपालिका लगायतका स्थानहरु पीडितहरुलाई राहत वितरण गरेका हुन ।
धमलाले भारतीय दुतावास, स्थानीय संघ सस्था र सहयोगीहरुलाई आग्रह गरेर धादिङ्गका पीडित जनताको लागि राहत संकलन गरेका हुन ।
उनले आफू अझै पनि धेरै राहत संकलनको अभियानमा रहेको भन्दै छिट्टै ओत लाग्न टेण्ट र पालको लागि पहिल गरिरहेकोले केही दिनमै प्रभावितहरुसँग पुर्याउने प्रतिबद्धता ब्यक्त गरे ।
सरकारको राहत पुग्न नसकिरहेको अवस्थामा ब्यक्तिगत प्रयासमा धमलाले आफूहरुलाई राहत पुर्याएकोमा पीडितहरुले धमलालाई धन्यबाद दिएका थिए ।
धमलाले भारतीय सरकार र जनताले नेपाली भुकम्प पीडितको लागि गरेको सहयोगको प्रसंसा गर्दै अझै सहयोगको लागि आब्हान समेत गरेका थिए ।  धमलाले कल्लेरी गाविसका आठ हजार पीडितलाई च्यूरा, चामल, नुन, चाउचाउ, विस्कुट, कम्मल र तन्ना वितरण गरेका छन ।