भूकम्पले ४२ जनाको मृत्यु, एक हजार बढी घाइते

649 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nayabajar-earthquake-5

 काठमाडौं । मंगलबार आएको शक्तिशाली भूकम्पले काठमाडौंसहित आसपासका जिल्लामा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । १ हजार बढी घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार १ हजार १ सय १७ जना घाइते भएका छन् । सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ । दोलखामा १९ र सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो ।

रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । धनुषा, सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४ र काभ्रे ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुई जनाको जीवितै उद्धार

यसैबीच मंगलबारको शक्तिशालीको भूकम्पले भत्किएको घरमा पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरीको टोलीले मांखा र पाग्रेटारबाट उनीहरुको उद्दार गरिएको हो । उद्धार गरिएका मध्ये तेस्रो व्यक्तिको भने उपचारका लागि अस्पताल लैजाादै गर्दा मृत्यु भएको छ ।अनलाईन खबर डट कमबाट