इन्द्रबहादुर गुरुङ स्मृति जुनियर ब्याडमिन्टन प्रतियोगिता भदौको दोस्रो साता

1191 पटक पढिएको

१४ श्रावण २०७१, बुधबार २१:५७ सम्पादक: धादिङ न्यूज

पोखरा, – कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौको दोस्रो साता पोखरा र·शालामा १३ औं कास्की जिल्लास्तरीय इन्द्रबहादुर गुरुङ स्मृति जुनियर ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता सम्पन्न गर्न सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न उपसमति गठन गरिएको सङ्घका सचिव एवं प्रचार–प्रसार उपसमितिका संयोजक निरबहादुर थापाले जानकारी दिए।