गायकले नै पे्रमीकाको हत्या गरेपछि

838 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काजी श्रेष्ठ
10527993_695214067216693_304677212_nकाठमाडौं । पे्रममा धनी गरीब तर भनिदैन तर गरिबले पे्रम गरेकै कारण एक युवकले ज्यान गुमाएका छन् । गरिब भएकै कारण पे्रम गरेको भन्दै गायक धुव्र डि वानले चलाएको गोलि लागि युवकको ज्यान गएको हो ।
एक धनि युवतीले गरीब पे्रमी संग सच्चा प्रेम गरेकै कारण आफ्नै दाईबाट विभिन्न शैलीमा आक्रमणमा परेपनि सफल नभएपछि अन्त्यमा गायक स्वयमले गोली चलाएर हत्या गरेका हुन् । यहि कथा वस्तु बोकेको म्यूजिक भिडियो हालै बजारमा सार्वजनीक भएको छ । डि वन एण्ड एकाग्रह व्याण्डले तयार पारेको एल्बम “अब”मा समेटेको “ससुराली घर…” बोलको गीतमा सो कुरा देख्न पाइन्छ ।
भिडियोमा विवेक खतिवडा, सुरभी मानन्धर, सागर घिमिरे लगायतको प्रमुख भूमिका रहेको छ । यस भिडियोलाई अर्पणले निर्देशन गरेका हुन् भने छायकन ज्ञानेन्द्र शर्माले । संखुवासभामा जन्मिएका धु्रबको यो पहिलो एल्बम हो । यस एल्बममा लोक लयमा आधारित रक शैलीका गति छन् । ६ वटा गीत रहेको एल्बम गायक स्वयमले रचना गरेका हुन् । एल्बममा ६ वटा गीत मध्ये हाल एक वटा मात्र भिडियो सार्वजनीक गरेको छ । यस भिडियो यूटुव तथा सिआरविटिमा मा अत्याधिक रुचाइएको छ ।